ब्रेन्टफोर्डमा इरिक्सन



लन्डन, (एजेन्सी) ।

प्रिमियर लिग टिम ब्रेन्टफोर्डले डेनमार्क र टोटनहामका पूर्व मिडफिल्डर क्रिस्टियन इरिक्सनलाई ६ महिनाको लागि अनुबन्ध गरेको छ । हृदयाघातपछि इरिक्सनले कुनै पनि खेल खेलेका छैनन् । गत जुनमा युरो २०२० अन्तर्गत फिनल्यान्डविरुद्धको खेलमा उनी मैदानमै धलेका थिए । उनलाई कृत्रिम श्वास दिएर बचाउँदै तत्कालै अस्पताल लगिएको थियो ।
इरिक्सन अहिले तन्दुरुस्त रहेको पनि बताइएको छ । उनको छातीमा पेसमेकर सरहको मेसिन राखिएको छ । ब्रेन्टफोर्डका प्रमुख प्रशिक्षक थोमास फ्रान्कले बताए—हामीले विश्वस्तरिय खेलाडी क्लबमा ल्याएर अविश्वसनीय अवसर पाएका छौं ।

२९ वर्षीय इरिक्सनले गत सिजनमा इन्टरमिलानबाट सिरी ए लिग जितेका थिए । तर, उनले खेल्न पूरा नगरेपछि इन्टर र इरिक्सनबीच सम्झौता डिसेम्बरमा रद्द गरिएको थियो । जबकि, प्रिमियर लिगमा भने यस्तो नियम छैन । इन्टर छाडेपछि इरिक्सनले डेनिस टिम ओडेन्स बोल्डक्लबमा एक्लै अभ्यास शुरू गरेका थिए । इरिक्सनले यसै महिना बताएका थिए—मेरो सपना राष्ट्रिय टिममा पुन सहभागी हुने हो । मलाई सावित गर्नु छ कि म अझै खेल्न सक्छु भनेर ।

प्रतिक्रिया दिनुहोस्