युनाइटेडका खेलाडीमाथि बलात्कारको आरोप



लन्डन, (एजेन्सी) ।

प्रिमियर लिग टिम म्यानचेस्टर युनाइटेडका युवा फरवार्ड मासन ग्रिनवुड उनकी प्रेमिकामाथि बलात्कार र कुटपिट गरेको आरोपमा पक्राउ परेका छन् ।

ह्यारिट रोब्सनलाई बलात्कार र कुटपिट गरेको आरोप लागेपछि २० वर्षीय ग्रिनवुड पक्राउ परेका हुन् । उनलाई पक्राउ गरी अनुसन्धान थालिएको इंग्ल्यान्ड प्रहरीले जनाएको छ । सामाजिक सञ्जाल इस्टाग्राममा रोब्सनले उनको आघात भएका फोटोहरू र भिडियो सार्वजनिक गरेकी थिइन् । एक फोटोमा उनको ओठबाट रगत बगिरहेका देखिन्छ । भिडियोको क्याप्सनमा उनले लेखेकी थिइन—‘ग्रिनवुडले ममाथि के गरेको हो भन्ने जान्न चाहनेहरूका लागि….’

ती फोटोहरू सार्वजनिक भएलगतै प्रहरीले अनुसन्धान थालेको थिए । अनुसन्धानकै लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विवादमा मुछिएपछि म्यानचेस्टर युनाइटेडले उनलाई अनुसन्धान नसकिएसम्मका लागि प्रशिक्षणसँगै खेलमा निलम्बन गरिएको जनाएको छ ।

ग्रिनवुडले म्यानचेस्टर युनाइटेडका लागि १ सय २९ खेलमा ३५ गोल गरेका छन् । उनले इंग्ल्यान्डबाट १ क्याप जितेका छन् । उनी म्यानचेस्टर युनाइटेडकै उत्पादन खेलाडी हुन् । २०१८–१९ को सिजनमा उक्त क्लबको सिनियर टोलीमा डेब्यु गरेका उनले २०२१ म चार वर्षका लागि नयाँ सम्झौता पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्