पाँच जिल्लामा क्रिकेट संघको नयाँ नेतृत्व



बैतडी ।

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा क्रिकेट संघको अधिवेशन सम्पन्न भएको छ । हालै सम्पन्न अधिवेशनबाट पाँचवटै जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनबाट बैतडीमा विनोदबहादुर चन्द, बझाङमा पविन्द्रबहादुर धामी, डडेल्धुरामा हरिप्रसाद उप्रेती, कञ्चनपुरमा वीरेन्द्रबहादुर चन्द र अछाममा अनिल कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार अधिवेशन सम्पन्न सबै जिल्लामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको हो । नयाँ कार्यसमितिको कार्यकाल आगामी चार वर्षका लागि हुने जनाइएको छ ।

नेपाल क्रिकेट संघ क्यानमा आबद्ध यस प्रदेशका कैलाली, डोटी र दार्चुलामा अर्को वर्ष अधिवेशन हुनेछ । नेपाल क्रिकेट संघमा देशभरिबाट ३५ जिल्ला आबद्ध रहेको २० जिल्लाको म्याद सकिएकोले नयाँ नेतृत्व चयन गरेको भने बाँकी १५ जिल्लामा अर्को वर्ष अधिवेशन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्