शाक्य फिफा सहायक रेफ्री



काठमाडौं ।

विश्व फुटबल महासंघ (फिफा) ले सन् २०२२ को लागि फिफा रेफ्री सूची सार्वजनिक गरेअनुसार नेपालकी राष्ट्रिय रेफ्री राधिका शाक्यको बढुवा भएकी छन् । ३१ वर्षीया शाक्य सन् २०२२ को लागि फिफा सहायक रेफ्रीमा बढुवा भएकी हुन् । २०७२ सालमा एन्फा रेफ्री प्रशिक्षण लिएकी उनले स्थानीय स्तरमा रेफ्री गर्दै आएकी छन् । उनी २०७५ सालमा राष्ट्रिय रेफ्रीमा बढुवा भएकी थिइन् ।

गत वर्षको अन्त्यमा विना श्रेष्ठले रेफ्री करिअर समाप्त गरेपछि उनको स्थानमा शाक्य फिफा सहायक रेफ्रीमा नियुक्त भएकी हुन् । नेपालबाट गत वर्षजस्तै ५ फिफा रेफ्री र ७ फिफा सहायक रेफ्री रहेका छन् । फिफा रेफ्रीमा पुरुषतर्फ कविन व्यन्जनकार, प्रज्वल क्षेत्री, नविन्द्र महर्जन र प्रकाशनाथ श्रेष्ठ छन् भने महिलातर्फ अञ्जना राई छिन् । सहायक रेफ्रीमा शाक्यसँगै विक्रम चौधरी, माधव खत्री, युनाल मल्ल, सहदेव श्रेष्ठ, नानीराम थापा र किशन यादव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्