विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण



दुर्गा प्रसाद शर्मा,पर्वत। 

पर्वतको कुस्मा नगरपालिका वडा नं २ खुर्कोटको दलित बस्तीका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।
खुर्कोटको खाल्टाको दलित बस्तीमा समाजसेवी स्वस्थानी रिजालले शनिवार बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको हो ।

विपन्न परिवारका बालबालिकाहरू चिसोमा कठ्याङ्ग्रिँदै विद्यालय जानुपरेको अवस्थामा बालबालिकालाई चिसोबाट बचाउन न्यानो कपडा वितरण गरेको रिजालले बताउनुभयो ।

नेकपा(एमाले) कुस्मा नगर कमिटीकी उपसचिव समेत रहनुभएकी रिजालले यसअघि मोदी गाउँपालिकाको आदर्श आधारभूत विद्यालयमा पनि न्यानो कपडा वितरण गर्नुभएको थियो ।

रिजाल पाङ कुना चौर स्थित पाङ धैरेनी माविकी विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष समेत हुनुहुन्छ । उहाँको नेतृत्वमा अहिले विद्यालय शैक्षिक तथा भौतिक रूपमा नगरपालिकाकै नमुना विद्यालयको रूपमा स्थापित भएको छ ।

सो अवसरमा एमाले जिल्ला कमिटी पर्वतका सदस्य शेषराज रेग्मीले विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरेर रिजालले सह्रानीय कार्य गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्