मीरा बन्ने



रोशन कुमारको निर्देशनमा मीरा नामक फिल्म निर्माण हुने भएको छ। फिल्मको मंगलबार राजधानीमो गुहेश्वरी मन्दिर परीसरमा शुभमूहुर्त गरिएको छ। द लाइफ एक्सप्रेस मुभी मेकर्स प्रालि तथा मझारे इन्टरटेन्मेन्टले संयुक्तरूपमा निर्माण गर्ने उक्त फिल्म शुभमूहुर्त समारोहमा फिल्मका मुख्य कलाकार रमेश क्षेत्री तथा रजिना अर्यालले मूहुर्त शट दिएका थिए।

फिल्मकर्मी कृष्ण मल्लद्वारा निर्देशन गरिएको मूहुर्त शटमा फिल्मका मुख्य कलाकारले फिल्मको संवाद बोलेर मूहुर्त सट दिएका थिए। मूहुर्त शटका लागि नेपाल चलचित्र द्वन्द्व निर्देशक संघका अध्यक्ष नारायण प्रधानले क्यामराको स्विच अन गरेका थिए भने फिल्मकर्मी राजेश बिसुरालले क्ल्याप दिएका थिए। लेखक सुशिल देवकोटाले नरिवल फुटाएर शुभसाइत शटको थालनी गराएका थिए। त्यसअघि, फिल्मकर्मी सुनील कटवालले क्यामराको पूजा गरेका थिए।

निर्देशक रोशन कुमारले मीरा नारी प्रधान फिल्म हुने जानकारी दिँदै फिल्मले बलात्कार जस्तो निन्दनीय घटनालाई हतोत्साही गर्ने कथावस्तु समेटिएको जानकारी गराए। फिल्ममा रजिना अर्यालले मीराको चरित्र चित्रण गर्दैछिन्। उनको यो डेब्यु फिल्म हुनेछ। अभिनेता रमेश क्षेत्रीले फिल्मले एउटी कमजोरी आर्थिक अवस्था भएकी महिलाको सरकारी जागिर खाने सपना र त्यसलाई पूरा गर्ने क्रममा उनले भोग्नुपरेका पीडालाई फिल्मले समेट्ने तथा आफूलाई उनलाई हरेक प्रकारले सहयो गर्ने भूमिका निर्वाह गरेको बताए। फिल्ममा प्रेम बस्याल, रविना केसी, महेश धामी क्षेत्री, राजु श्रेष्ठ, सञ्जय ढुंगाना, उन्नत उप्रेती, मञ्जिल श्रेष्ठ, प्रमिला विक, प्रज्ज्वल गिरीलगायतका कलाकारले पनि अभिनय गर्दै छन्। गोपाल कार्की र आरोही श्रेष्ठद्वारा निर्माणाधीन फिल्मको कथा प्रेम बस्यालले लेखेको फिल्मको छायांकन अमृत पाण्डेले गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्