दराज नेपालको नयाँ प्रबन्ध निर्देशकमा आँचल कुवर नियुक्त



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालको अग्रणी अनलाइनबजार दराज नेपालले आँचल कुँवरलाई पहिलो महिला प्रबन्ध निर्देशकको रूपमा नियुक्त गरेको छ । दराजका सीईओ बियार्के मिक्केलसेनले लिन्क्डइनमा यो खबर घोषणा गरेका थिए ।

“नेपाली जनताका लागि विश्व–स्तरीय अनलाइन सपिङ अनुभव सिर्जना गर्ने धेरै प्रतिभाशाली पेशेवरहरूको समूहको नेतृत्व गर्ने यो अवसरको लागि म विशेषाधिकार र सम्मानित महसुस गर्छु । नेपाली इ–कमर्स उद्योगमा दराजको द्रुत बृद्धि र प्रभाव टाढाबाट पनि स्पष्ट देखिन्छ ।

यसरी, म दराज नेपाललाई घरायसी नाम र हाम्रा सबै ग्राहकहरूको किनमेल आवश्यकताहरूको लागि वान–स्टप समाधानको रूपमा स्थापित गर्नमा भाग लिन पाउँदा धेरै उत्साहित महसुस गर्छु । डरजियनको रूपमा, हामी हाम्रो बलियो मूल्य मान्यताहरू र कमर्सको शक्तिमार्फत हाम्रा समुदायहरूलाई उत्थान गर्ने उद्देश्यले तिर लाग्ने कार्य जारी राख्नेछौँ ।“ आँचलले भनिन् ।

नेपालमा जन्मिएकी आँचलले कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एम बि ए, गणित र अर्थशास्त्रमा सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनेसोटाबाट बि एस सकेर १३ वर्ष युएस कर्पोरेट क्षेत्रमा काम गरेकी थिइन् । यो अवधिमा, उनले कार्लसन वागोनलिट ट्राभल ९सीडब्लुटी० र इ–कमर्स अग्रगामी, अमेजन जस्ता विभिन्न प्रमुख कम्पनीहरूमा काम गरिन्, जहाँ उनले स्वीडेन, पोल्याण्ड, साउदी अरब र इजिप्ट जस्ता नयाँ बजारहरूमा कम्पनी स्थापना गर्न सहयोग गरिन् ।अमेरिकामा लामो र सफल करियरपछि कम्पनीले बृद्धिको नयाँ चरणमा प्रवेश गरेको बेला आँचलले दराज नेपालको नेतृत्व गर्दैछिन् ।

यो पनि एस्तो समयमा छ जब कम्पनीको रिब्रान्डिङ हुँदैछ । यसरी नै, उनको नियुक्तिसँगै, दराजका सबै अपरेटिङ देशहरूमा अब स्वदेशी प्रबन्ध निर्देशक ९एमडी० हरू रहेको कम्पनीले जनाएको छ ।दराज समूहका सीईओ र संस्थापक, बियार्के मिक्केलसेनले भने, “हामी हाम्रो विकासको अर्को चरणमा अघि बढ्दै गर्दा, हाम्रो ध्यान हाम्रा ग्राहकहरू र बिक्रेताहरूसँग जोड्ने भावना सिर्जना गर्ने हो । म आंचल र हाम्रा अन्य देशका एमडीहरूसँगै काम गर्न तत्पर छौँ, हाम्रा प्रयोगकर्ताहरूका लागि थप खोजी र व्यक्तिगत अनुभवहरू सिर्जना गर्नका लागि उनीहरूले उनीहरूको स्थानीय परिप्रेक्ष्य, अनुभव र अन्तर दृष्टिहरू हाम्रो व्यवसायलाई अगाडि बढाउन जारी राख्न सहयोग पुर्याउनेछन् ।“

वर्तमान एमडी लिनो अहलेरिङले सिङ्गापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सरुवा भएपछि आंचलले पदभार ग्रहण गर्नेछिन् । अहलरिङले भने, “दराजका लागि यो निकै रोमाञ्चक समय हो । विगत ३।५ वर्षमा देशमा इ–कमर्स निर्माण र यस उद्योगको जग बसाल्नु ठूलो सम्मानको कुरा हो । हामीसँग ७५० भन्दा बढी डरजियनसको उत्कृष्ट टोली छ र सामान्यतया दराज र ई–कमर्सको भविष्य अत्यन्त उज्ज्वल हुने छ । म दराज समूहभित्र रहनेछु, यो व्यवस्थापनको मामलामा एक धेरै सहज संक्रमण हुनेछ । आँचलको नेतृत्वमा दराजले अझ ठूलो उचाइमा पुग्नेमा म विश्वस्त छु र यही भन्दै म उनलाई र सम्पूर्ण दराज नेपालको टोलीलाई शुभकामना दिन चाहन्छु ।”

प्रतिक्रिया दिनुहोस्