गुण एअरलाइन्सको विषयमा छानबिन गर्न समिति गठन



काठमाडौं (नेस) ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौँबाट पोखरा जाने क्रममा आकासमा गुण एअरलाइन्सको झयाल खुलेका विषयमा छानबिन गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ उडान सुरक्षा निरीक्षक क्याप्टेन दधीराम न्यौपानेको संयोजगत्वमा मंगलबार समिति गठन गरेको छ ।

यहि माघ २ गते काठमाडौंबाट पोखरा जाने क्रममा आकासमा उक्त एअरको जहाजको अकस्मात झयाल खुलेपछि पुनः काठमाडौं फर्किएको थियो । नेपाल सरकार (सचिव स्तर) को निर्णयअनुसार मंगलरबार तीन सदसीय छानबिन समिति गठन गरिएको हो ।

उक्त समितिका सदस्यहरुमा मन्त्रालयका इलेक्ट्रोनिकल इन्जिनियर नसिब आचार्य, नागरिक उड्डयन प्राधिकरणका क्याविन क्रु निरीक्षक सावित्री श्रेष्ठ राई तथा सदस्य सचिवमा एनोरोटिकल इन्जिनियर रितेशराज पन्त रहनुभएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. टोकराज पाण्डेले जाजकारी दिनुभयो ।

उहाँका अनुसार उक्त छानबिन समितिले सो घटनाका विषयमा सत्य–तथ्य पत्तालगाई भविष्यमा त्यस्ता घटना दोहरीन नदिन चाल्नु पर्ने कदम सम्बन्धमा सुझाबसहित तीन दिनभित्रमा प्रतिबेदन पेस गर्न समय तोकेको छ । समितिले भोलि बुधबारबाट आफ्नो काम थाल्ने समितिका संयोजक तथा क्याप्टेन न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्