क्रिप्टो ह्याकपछि बैंक तथा वित्तीय संस्थामाथि पनि साइबर आक्रमणको जोखिम


साइबर सुरक्षा विज्ञले क्रिप्टोकरेन्सीमा भएको ठूलो ह्याकिङ घटनापछि बैंक तथा अन्य वित्तीय संस्थाहरू पनि यस्तै साइबर आक्रमणको जोखिममा रहेको चेतावनी दिएका छन्।

साइबर सुरक्षा कम्पनी चेक प्वाइन्टका विज्ञ जयन्त डेभका अनुसार, यो घटनालाई विशेष बनाउने पक्ष इन्क्रिप्सन तोड्नु वा निजी साँचो (प्राइभेट की) चोरी गर्नु नभई त्यसले कुन कारोबारलाई स्वीकृति दिने भन्ने नियन्त्रण प्रणालीमाथि कब्जा जमाउनु हो।

उनका अनुसार, बाइनान्सको प्रारम्भिक अनुसन्धानले एक इन्जिनियरको ल्यापटपमा सुरक्षा कमजोरी भएको संकेत गरेको छ। आक्रमणकारीहरूले त्यसको प्रयोग गरी रकम निकासी गर्न सक्ने प्रणालीमा पहुँच बनाए र केही मिनेटमै अर्बौं रकम स्थानान्तरण गरे।

डेभले भने, “सुरक्षित भल्ट हुनुको अर्थ हुँदैन, यदि त्यसलाई खोल्ने प्रक्रियामाथि नै अरू कसैको नियन्त्रण छ।”
उनले स्वचालित प्रणालीमार्फत निर्देशनका आधारमा रकम वा डेटा स्थानान्तरण गर्ने बैंक तथा अन्य संस्थाहरू पनि यस्तै जोखिममा रहेको बताए।