आँबुखैरेनीमा सार्वजनिक सेवा बन्द



तनहुँ ।

आँबुखैरेनी गाउँपालिकाको कार्यालयमा सार्वजनिक सेवा प्रवाह बन्द भएको छ । गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले माघ ५ गतेदेखि ९ गतेसम्मका लागि गाउँ कार्यपालिकाको कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो ।

गाउँपालिकामा नियमितरूपमा सार्वजनिक सेवा प्रवाहमा कार्यरत १३ जना पदाधिकारी तथा कर्मचारीमा कोरोना पुष्टि भएकाले सेवा प्रवाह बन्द गरिएको जनाएको छ । ‘अन्य पदाधिकारी तथा कर्मचारीमा सर्न नदिनका लागि सार्वजनिक सेवा प्रवाह बन्द गरिएको हो ।’ –अध्यक्ष थापाले भन्नुभयो ।

सम्बन्धित व्यक्तिसँग सम्पर्कमा रहेका गाउँपालिकाका कार्यालयमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई होम क्वारेन्टाइनमा रहेको गाउँपालिकाका अध्यक्ष थापाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । कोभिड संक्रमण पुष्टि भएका पदाधिकारी तथा कर्मचारीको सम्पर्कमा आएका व्यक्तिहरुलाई सचेत रहनसमेत सूचनामा अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्