महिलालाई जबर्जस्ती गर्ने पक्राउ



पाल्पा, (नेस) ।

पाल्पाको निस्दीबाट जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । निस्दी गाउँपालिका–१ बाकामलाङबाट आइतबार दिउँसो ६३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले निस्दी–१ का ५८ वर्षीय उजुरसिंह आलेलाई पक्राउ गरेको हो ।

आइतबार दिउँसो घरमा एक्लै बसिरहेको अवस्थामा आलेले ती महिलालाई जबरजस्ती करणी गरेको सूचना पाएपछि ती पुरूषलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका आलेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तानसेन ल्याई आवश्यक अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्