अपराधीको दिमागमा न्यून जाइरस



काठमाडौं ।

अपराधीको दिमागमा निधारतिरको कर्णक पनि भनिने जाइरसको परिमाणमा कमी हुनेगरेको एक अध्ययनले देखाएको छ । प्रहरी र न्यायालयले अपराधी करार गरेका २१ व्यक्तिको दिमाग परीक्षण गरेर हेर्दा त्यस प्रकारको परिणाम आएको अमेरिकाकाबाट सञ्चालित लाइभटाइम डट कमले जनाएको छ ।

‘असामाजिक व्यक्ति’ लाई उसको व्यवहारको अवस्थाका आधारमा ‘अपराधी’ भनिने जनाउँदै के सही र के गलत भन्ने कुरामा भने अनुसन्धानकर्ताहरू प्रवेश गरेका छैनन् । अनुसन्धानकर्ता मायो क्लिनिकले यस्ता व्यक्तिले कानुन उल्लंघन गर्ने र अरूको अधिकार हनन गर्नसक्ने जनाएको छ ।

‘असामाजिक भनिने व्यक्तिको दिमाग स्क्यान गरेर हेर्दा दिमागको अग्रभागमा हुने जाइरस औसत १८ प्रतिले कमी रहेको देखियो’ मायो क्लिनिकले उल्लेख गरेको छ । दिमागको मध्यबाट अलिकति अगाडि यो तत्व रहने पनि अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन् ।

यसअघि २०५८ सालमा गरिएको अपराधीहरूको दिमागको अध्ययनले एमिग्डला भनिने दिमागको भागमा विकार देखाएको थियो । अनुसन्धानकर्ताहरूले २७ अपराधीलाई ३२ सामान्य व्यक्तिसँग तुलना गरेर अध्ययन गरेका थिए । उनीहरूले दिमागमा रहने तरल पदार्थ खास भागमा बाहिरतिरबाट सुकेको पाइएको पनि प्रतिवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्