सोसाइटी इन्टरनेसनल ट्राभल सेल्स एजेन्ट नियुक्त



काठमाडौं (नेस) ।

थाइल्यान्डको क्षेत्रीय पूर्ण वायुसेवा प्रदायक कम्पनी थाई स्माइल एयरवेजले सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजलाई नेपालका लागि आफ्नो जनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेको छ । बैंककस्थित थाई एयरवेजको पूर्ण स्वामित्व रहेको क्षेत्रीय थाई स्माइल एयरवेजले नेपालको उत्कृष्ट ट्राभल एजेन्सी सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजलाई नेपालकालागि आफ्नो जनरल सेल्स एजेन्टमा नियुक्त गरेको छ ।

सम्झौताअनुसार सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजले थाई स्माइल एयरवेजका लागि सेल्स, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाका साथै पूर्ण ग्राहक र एजेन्सी सहयोग सेवाहरू उपलब्ध गराउनेछ । यसै सम्झौतामार्फत थाई स्माइल एयरवेजले नेपाली ग्राहकहरूलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै नेपाली बजारमा रहेको अवसरलाई सदुपयोग गर्ने मात्र नभई सन् १९६८ देखि थाई एयरवेज इन्टरनेसनलले वायुसेवा प्रदान गर्दै आएको यस रूटमा फेरी वायुसेवा प्रदान गर्दै नेपाल र थाइल्यान्ड बीचको दूरी पनि मेटाउने लक्ष्य राखेको छ ।

आरआर ग्रुप अफ कम्पनीजको स्वामित्वअन्तर्गतको सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले भन्नुभयो–‘थाई स्माइल एयरवेजसँग सहकार्य गर्न पाउँदा हर्षित छौँ । हाम्रो पार्टनर एयरलाइन्सको अन्तर्राष्ट्रिय बजार हिस्सा र बिक्री बढाउन हामीले अभ्यास गर्दै आइरहेकोमा अन्तर्राष्ट्रिय स्तरको सेवा र स्थानीय बजारको हाम्रो ज्ञानलाई यो नियुक्तिले अझै राम्रो अवसर दिएको छ ।

थाई स्माइल एयरवेजको काठमाडौं–बैंकक उडानले दुई देशको सम्बन्ध अझ मजबुत बनाउनुका साथै दुवै देशको पर्यटन प्रवर्धन गर्दै दुवै देशको अर्थतन्त्रको विकासमा पनि उल्लेखनीय भूमिका खेल्ने सिंहले दाबी गर्नुभयो । थाई एयरवेज इन्टरनेसनल पब्लिक कम्पनी लिमिटेड (थाई) को सहायक एयरलाइन्स, थाई स्माइल एयरवेजका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत भिसेट सोन्तिचाईले भन्नुभयो– ‘बैंकक–काठमाडौं रुट शुरू भएको जानकारी दिन पाउँदा थाई स्माइल टिम गौरवान्वित भएको छ । यसले निश्चय नै बैंकक र एसियाका अन्य मुख्यशहरबीच सम्पर्क बढाउने हाम्रो रूट प्लानिङ रणनीतिलाई सफल बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्