विश्वासको घर सार्वजनिक (भिडियोसहित)



गायक गायिका शिव संगम राई र सुष्मा राईको स्वरमा विश्वासको घर बोलको गीत सार्वजनिक भएको छ। ईश्वर चाम्लिङको शब्द तथा शिव संगम राईको संगीत र सुन्दर लामाको संगीत संयोजन रहेको गीतमा मायामा रहेका प्रेमिल जोडी बीचको प्रेमको भाव चित्रण गरिएको छ।

गीतको भिडियोमा प्रेमको सुन्दर परिभाषालाई कलात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ। अनिल कुमार मान्धरको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको भिडियो जसबहादुर याक्खाले निर्देशन गरेका छन्। गीतको भिडियोमा प्रवीण डिसी र प्रिया रानी लामाले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्