एपीएफको तेस्रो हार, पुलिस अपराजित


न्युज अफ नेपाल, पोखरा ।

पोखरामा जारी टाइगर कप भलिबल अन्तर्गत बुधबारको खेलमा विभागीय टिम नेपाल पुलिसले सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गरेको छ । पुरुषतर्फको स्पर्धामा पुलिसले एपीएफमाथि ३–१ को सेटले जीत निकालेको हो । पुलिसले २५–२१, २३–२५, २५–२३ र २५–१९ को सेटले पराजित गरेको हो ।

यो जितसँगै पुलिसको फाइनल यात्रा लगभग पक्का भएको छ भने तेस्रो हार बेहोरेको एपीएफ लिग चरणबाटै बाहिरिने भएको छ । पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशसँग हारेको एपीएफ दोस्रो खेलामा आर्मीसँग स्तब्ध बनेको थियो । पुलिसले भने ३ खेल जितेको छ । दुवैले एकरएक खेल खेल्न बाँकी छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।