न्ह्युको गीत सार्वजनिक (भिडियोसहित)



नेपाली सांगीतिक क्षेत्रका ख्यातिप्राप्त संगीतकार न्ह्यु बज्राचार्यको कर्णप्रिय संगीत र गायिका रानी शाक्यको स्वरमा तिमी चल्छौ यो मुटुमा बोलको गीत सार्वजनिक गरिएको छ।

गीतकार तुलसी बस्नेतको शब्द रचना रहेको गीतको भिडियोमा विशाल गुराउ, कविता थामी र सुनील बिकेले अभिनय गरेका छन्। मध्यमवर्गीय समाजको प्रेमकथा प्रस्तुत गरिएको भिडियोमा बी पाण्डेको निर्देशन रहेको छ। भिडियो गायिका शाक्यको युट्युबबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्