जोकोभिचले भीसाको मुद्दा जिते



मेलबर्न, (एजेन्सी) ।

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले अस्ट्रेलियाली सरकारविरुद्ध भीसासँग जोर्डिको मामिलाको मुद्दा जितेका छन् । मेलबर्न अदालतले अस्ट्रेलियाली सरकारद्वारा जोकोभिचको भीसा रद्द गर्ने निर्णयलाई गलत मानेको छ । अदालतको आदेश छ कि जोकोभिचको पासपोर्ट र अस्ट्रेलियाली सरकारद्वारा जफत गरिएको सामन तुरुन्तै फिर्ता गर्नपर्छ ।

अदालतको मुद्दा जितेपछि जोकोभिच अस्ट्रेलियन ओपन खेल्न सक्नेछन् । जबकी, यसमा अहिलेसम्म कुनै पनि आधिकारिक बयान आएको छैन । कोरोना महामारीको बीचमा अस्ट्रेलियन ओपन १७ जनवरीदेखि शुरुवात गर्न गइरहेको छ ।

उक्त प्रतियोगितामा भाग लिन जोकोभिच ५ दिन अघि मेलबर्न पुगेका तर त्यही दिन उनको भीसा रद्द गरिएको थियो । स्रोतको अनुसार जोकोभिचसँग खोपको प्रमाणपत्र थिएन र उनी खोपविना नै प्रतियोगितामा खेल्न चाहेका छन् ।

तर, अदालतको आदेश बावजुद अस्ट्रेलियाली सरकारको गृह मन्त्रीले बताए कि अहिले पनि जोकोभिचलाई अस्ट्रेलियाबाट उनको देश फर्काउने ताकत रहेको छ । यस विषयमा छिटै निर्णय लिने पनि बताइएको छ ।

जोेकोभिचले कोरोनाविरुद्धको खोप लिएको वा नलिएको बताउन अस्विकार गरेका थिए । अस्ट्रेलियायन ओपनको आयोजकले उनलाई खोपविना प्रतियोगितामा सहभागि हुन निमन्त्रणा दिएको थियो । यसको विवादपछि अअस्ट्रेलियाली सरकारले उनलाई एयरपोर्टमै रोकेर भीसा रद्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्