तेस्रो मेयर कप भलिबल प्रतियोगिता शुरू



न्युज अफ नेपाल, रामेछाप ।

मन्थली नगरपालिकाले आयोजना गरेको तेस्रो मेयर कप शुक्रवार बाट मन्थलीमा शुरू भएको छ । २५ गते सम्म सञ्चालन हुने प्रतियोगिताको मन्थली नगरपालिका नगर प्रमुख रमेश कुमार बस्नेतले उद्घाटन भएको हो ।

मेयर कपमा मन्थली नगरपालिका १४ वडाका १४ टिम खेलमा सहभागी रहेको नगरप्रमुख बस्नेतले बताउनु भयो । मेयर कपमा प्रथम हुनेले एक लाख नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो हुने टिमले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना हुनेले नगद ३० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मन्थली नगरपालिकाले जनाएको छ ।

त्यस्तै खेलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट सर्वर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफष्टर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोच लाई नगद ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्