देविकाको मौसम बेइमानी (भिडियोसहित)



लोकप्रिय गायिका देविका वन्दना आफ्नो नयाँ युगल गीत सार्वजनिक गरेकी छिन्। मौसम बेइमानी बोलको गीत गायनमा उनलाई गायक कपिल कसपालले साथ दिएका छन् ।

राग रागिनी इन्टरटेन्मेन्ट तथा ज्योती म्युजिकको प्रस्तुतिमा तयार भएको गीतमा निल शाक्यको संगीत तथा प्रतिमा श्रेष्ठको शब्द रचना रहेको छ भने संगीत संयोजन भूपेन्द्र बज्राचार्यको रहेको छ। गीतमा राजेश महर्जन र खुश्बु खड्काको ब्याक भोकल छ।

गीतको भिडियो आकर्षक छ। भिडियोमा सुधीर श्रेष्ठ र बिना राउतका साथमा आदर्श लामा, सुनील भुसाल, अस्मिता तामाङ, पूजा भारती, सिर्जना तामाङ, शाहिद अली, मनीष भुजेल मगर, सन्नी बम्जन, दिया शाक्य, बिकेश तण्डुकार, समिति थापा, रञ्जना मगरलगायतले अभिनय र नृत्य गरेका छन्।

सागर लोप्चन र निशिला शाक्यको कोरियोग्राफी रहेको गीतको भिडियो विश्वास बज्राचार्यले निर्देशन गरेका छन् भने अभिषेक शाक्यको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्