सितेरियोलाई बंगलादेशमा चार स्वर्ण



काठमाडौं ।

बंगलादेशमा सम्पन्न बीजी कराते च्याम्पियनसिप २०२१ म नेपाल सितेरियो करातेका खेलाडीहरूले चार स्वर्णपदक हात पार्न सफल भएका छन् । मुजिबको सयौं जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगलादेश बशप संघको आयोजनामा भएको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा डिजेन डोल्मा लामा हुन् ।

लामाले कुमिते र कातामा गरी २ स्वर्ण प्राप्त गरेकी हुन् । यस्तै, पासाङ तामाङले ७० केजी तौलको कातामा स्वर्ण हात पारेको टिम व्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी गराए । श्रेष्ठका अनुसार स्वर्ण प्राप्त गर्ने अन्यमा ग्याल्मो सोमिका लामा पनि रहेकी छन् । उनले ३५ केजी तौलको कुमिते तर्फ स्वर्ण प्राप्त गरेकी हुन् ।

यस्तैगरी, नेपाली टोलीले २ रजत र ५ कांस्यपदक पनि जोडेको छ । पासाङ तामाङ ७० केजी र राजदेव बमजनले ६५ केजीमा कुमितेतर्फ रजत प्राप्त गरेका हुन् । यसैगरी, कांस्यपदक प्राप्त गर्नेमा रविन्द्र कुँवरले खुल्लातर्फ, युरोडिस रोक्का ६० केजी, उमेश भण्डारी ५५ केजी, रविना ४५ केजी तथा उमंग बुढाथोकी १४ वर्ष मुनि उमेर समूह रहेका छन् ।

च्याम्पियनसिपमा छत्रबहादुर आलेमगर, रामचन्द्र गुरुङ, नारायण श्रेष्ठ, प्रकाश तामाङ लामा, मिङमा तामाङ र गणेशलाल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्