बीएमकेको जित



काठमाडौं ।

विशाल मिलन केन्द्र (बीएमके) ले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ । चण्डोलस्थित घरेलु कोर्टमा बीएमकेले कीर्तिपुरलाई ५४–४९ ले पराजित गर्यो । बीएमकेका दिपसन केसीले २१ अंक जोडे ।

बीएमकेले पहिलो क्वार्टरमा २१–९ को अग्रता बनाउँदै जितको आधार खडा गरेको थियो । दोश्रो क्वार्टरमा ८–७ को झिनो अग्रता कायम गरेको बीएमके तेश्रोमा ९–१४ र चौथोमा १६–१९ ले पछि पर्यो ।

शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा टाइम्स र रोयलले सफलता पाए । समान २–२ खेल खेलेका रोयल र टाइम्सको यो लगातार दोश्रो जित हो । टाइम्सले गोल्डेनगेटलाई ८४–६० ले हरायो । टाइम्सका मविन्द्र क्षेत्रीले २६ स्कोर गरे ।

चारै क्वार्टर आफ्नो पक्षमा परेको टाइम्सले क्रमशः २२–१२, १६–१५, २४–१४ र २२–१९ स्कोर गर्यो । रोयलले क्याम्पियनमाथि ६५–४४ को सहज जित दर्ता गर्यो । रोयलका निकेश मगरले १२ अंक बटुले । पहिलो क्र्वाटरमा १९–१२ को अग्रता लिएको रोयल दोश्रोमा १०–१२ ले पछाडि पर्यो ।

रोयल तेश्रोमा १७–९ र चौथोमा १९–११ ले अगाडि रह्यो । प्रतियोगिताअन्तर्गत बुधबार ४ खेल हुनेछ । टाइम्सले कीर्तिपुर, बीएमकेले गोल्डेनगेट, रोयलले स्कल क्यान्डी तथा गोड्सले क्याम्पियनविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्