पालिकामा धमाधम भलिबल



हेटौंडा, (नेस) ।

पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । माघ ७ र ८ गते पालिको वडा–७ को घमनटोल खेलमैदानमा प्रतियोगिताको तयारी गरिएको घमनटोल स्पोर्टस् क्लब अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिए । उनले क्लबको सातौं वार्षिक उत्सवको अवसरमा नकआउट चरणमा प्रतियोगिता खेलाइने बताए । प्रतियोगिता विजेता टिमले नगद २० हजार र उपविजेता टिमले नगद १० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीले ३ हजार प्राप्त गर्नेछन् ।

यसैगरी, थाहा नगरको चित्लाङमा मकवानपुर जिल्लास्तरीय भलिबल प्रतियोगिता आयोजना हुनेछ । चित्लाङस्थित स्वछन्दभैरव युवा क्लबले स्थापनाको रजत वर्षको अवसरमा जिल्लास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । पुस २६ बाट शुरू हुने प्रतियोगितामा सहभागिताका लागि क्लबहरूलाई पत्राचार गरिसकिएको आयोजक संस्था अध्यक्ष पुण्यमान बलामीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमलाई ५१ हजार, द्वितीय हुने टिमलाई २५ हजार र तृतीय हुने टिमलाई १५ हजार नगद दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्