श्री भगवती र भोटेओडार फाइनलमा



Football.

लमजुङ ।

लमजुङको सदरमुकाम बेसीशहरमा जारी २९औं त्रिवेणी कप प्रतियोगितामा श्री भगवती टोखा काठमाडौं र बुद्ध युथ क्लब भोटेओडार लमजुङ फाइनलमा प्रवेश गरेका छन् । बेंसीसहरको सहजीस्थीत त्रिवेणी रंगशालामा मंगलबारको पहिलो सेमिफाइनल खेलमा आयोजक त्रिवेणी युवा क्लबलाई ३–० ले हराउँदै श्री भगवती टोखा फाइनलमा प्रवेश गरेको हो । यसैगरी, दोश्रो सेमीफाइनलमा समाजकल्याण युवा क्लबलाई ३–० ले नै हराएर विवाईसी भोटेओडार फाइनलमा पुग्यो । फाइनल खेल बुधबार हुनेछ ।

प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेता टिमले ३ लाख नगद प्राप्त गर्नेछन् । रजत पदक र प्रमाणपत्र पाउनेछन् । सेमिफाइनल पुगेका २ टिमलाई नगद ५०/५० हजार दिइने प्रावधान अनुसार आयोजक त्रिवेणी युवा क्लब र समाजकल्याण युवा क्लबले सो रकम पाएका छन् । त्यस्तै, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई १५/१५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्