टीटीमा सेनाका खेलाडीले जिते पदक



काठमाडौं ।

युथ्स अफ तुलसीपुरको आयोजना तथा दाङ जिल्ला टेबलटेनिस संघको सहयोगमा भएको राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा त्रिभुवन आर्मीका खेलाडीले पदक जितेका छन् ।

दाङ जिल्लाको तुलसीपुरमा यही पुष १६ गतेदेखि १८ गतेसम्म संचालित प्रतियोगितामा सेनाले २ स्वर्ण, २ रजत र २ कांस्य प्राप्त गरेको हो । सेनाले महिला टिमतर्फ रबिना महर्जन, स्वेच्छा नेङवाङ, दिक्षा धमाल, सुस्मिता खड्का र दिया देउलाको टिमले स्वर्ण जित्यो । दिया देउलाले यु १८ महिला एकलतर्फ स्वर्ण जितेकी थिइन् ।

यसैगरी महिला खुलातर्फ रबिना महर्जनले रजत जित्दा पुरुष टिमतर्फ कृष्ण थापामगर, प्रज्ज्वल श्रेष्ठ, दीप साउद, प्रिन्स थापा र एलेक्स महर्जनले सेनालाई रजत पदक दिलाएका थिए । दीप साउदले पुरुष खुल्लातर्फ कांश्य पदक जितेका थिए । त्यस्तै सुस्मिता खड्काले यु १८ महिला एकलतर्फ सेनाको लागि कांश्य पदक जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्