ट्याटु भएका फुटबलरलाई प्रतिबन्ध



बेइजिङ, (एजेन्सी) ।

चीनको राष्ट्रिय टिमका लागि खेलिरहेका फुटबलरहरू प्रतिबन्धित भएका छन् । ट्याटुका कारण उनीहरुलाई नयाँ निर्देशनअन्तर्गत हटाउन सल्लाह दिइएको हो । चीनको खेलकुद प्रशासन निकायले राष्ट्रिय स्तर र युवा टोलीमा ट्याटु लगाएकालाई नयाँ भर्ना गर्न कडा प्रतिबन्ध गरेको बताएको छ । प्रशासनले यो कदमले समाजका लागि राम्रो उदाहरण बनाउन सहयोग मिल्ने विश्वास लिएको छ ।

चीनका केही राष्ट्रिय खेलाडीले ट्याटु छोपेर खेलिरहेका छन् । उनीहरुलाई ट्याटु छोप्न वा हटाउन निर्देशन दिइएको थियो । चीनले सन् २०१८ को मध्यदेखि नै ट्याटु लगाउन नहुने र स्क्रिनमा देखाउन हुने नियम कडाइका साथ लागू गर्दै आएको छ । केही व्यावसायिक खेलाडीले ट्याटु छोपिने जर्सी लगाएर खेलिरहेका छन् ।

चिनियाँ संस्कृतिअनुसार ट्याटुलाई कलंकका रूपमा हेरिन्छ । विगतमा ट्याटुलाई आपराधिक क्रियाकलापका लागि प्रयोग गरिन्थ्यो । ट्याटु अहिले पनि पूर्वी एसियामा अपराध समूहसँग सम्बन्ध रहेको छ । जातीय समूहबीच ट्याटु प्रायः असभ्यताको चिह्नका रूपमा हेरिन्थ्यो । उनीहरुलाई चीनको सत्तारूढ दल कम्युनिस्ट पार्टीले अस्वीकृत गरेको छ, तर युवा चिनियाँमाझ यो बढ्दो लोकप्रिय बनेको छ । यस वर्षको शुरूमा चीनको प्रसारण नियामकले घोषणा गर्दा यसलाई अस्वस्थ सामग्री भनेर वर्णित गरेको थियो ।

खेलकुद व्यक्तित्वहरु र सेलिब्रेटी टेलिभिजन र इन्टरनेटमा ट्याटु र पोनी टेल पुरुष समावेश भएमा यसलाई प्रतिबन्ध गरिएको छ । उनीहरु उपस्थित भएको भए स्क्रिनमा (ब्लर) धमिलो पारिएको हुन्छ । गत डिसेम्बरमा चीनको एक महिला विश्वविद्यालयका फुटबल खेलाडीले कपाल रंग्याएको भन्दै रद्ध गरिएको थियो । यस्तै, चिनियाँ राष्ट्रिय युवा क्याम्पस फुटबल लिगका दौरान आयोजकले विज्ञप्ति नै निकालेको थियो । ‘खेलाडीले ट्याटु, कपाल रंग्याउने, अनौठो हेयरस्टाइल वा कुनै सामान लगाउनुहुँदैन । अन्यथा उनीहरु प्रतियोगिताका लागि अयोग्य घोषित हुनेछन् ।’ –विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्