क्यान र चार खेलाडीबीच सहमति



काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका चार खेलाडीबीच सहमति भएको छ । आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहित मुख्य प्रशिक्षक पुबुदु दासानायकेको संलग्नमा खेलाडीसँग भएको छलफलबाट सकारात्मक निर्णय आएको हो ।

यसअघि, क्यानले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई २०२२ को शुरुवाती ६ महिना गे्रड नराख्ने गरी कारबाही गरेको थियो । यो क्यानको निर्णयसँगै केही खेलाडीले खेलाडीकै पक्ष लिएर निर्णय फिर्ता लिनुपर्ने माग गरेका थिए । क्यानले शनिबार बन्द प्रशिक्षणमा बोलाएका सबै खेलाडी पनि होटलमा उपस्थित भएका थिएनन् ।

आइतबार बसेको बैठकपछि कारबाहीमा परेका चारै क्रिकेटरको कारबाही फुकुवा गरिएको छ । योसँगै ज्ञानेन्द्रको कप्तानी यथावत् रहेको छ भने दीपेन्द्रको उपकप्तानी पनि यथावत् रहेको छ ।

प्रतिक्रिया दिनुहोस्