भलिबल उपाधि शहीद प्रतिष्ठानलाई



हेटौंडा, (नेस) ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित आमभञ्ज्याङमा भएको पहिलो जिल्लास्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिका वडा–१ को शहीद सुनीता स्मृति प्रतिष्ठानले जितेको छ । फाइनलमा प्रतिष्ठानले आयोजक आमभञ्ज्याङ युवा क्लबलाई २५–१७, २५–१६ र २५–१८ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

उपाधि विजेता प्रतिष्ठानले नगद ६६ हजार ६ सय ६६ रुपियाँ र उपविजेता आमभञ्ज्याङले ३३ हजार ३ सय ३३ रुपिया प्राप्त गरे । तेस्रो स्थानमा रहेको आग्रा खेलकुद विकास समितिले नगद १५ हजार प्राप्त गरेको थियो । सान्त्वना भएको छहारी क्लबले ५ हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा आग्राका सबिन कार्की बेस्ट ब्लकर हुँदा प्रतिष्ठानका राजकुमार कर्माचार्य बेस्ट सेटर, आमभञ्ज्याङका आशिष घलान बेस्ट स्पाइकर तथा प्रतिष्ठानकै राजाराम घलान बेस्ट प्लेयर भए । उनीहरूले नगद ५ हजारसहित ट्रफी पाए ।

प्रतिक्रिया दिनुहोस्