बनेपा मेयर कप काभ्रेलाई



काभ्रे ।

बनेपा नगरपालिकाको सहयोगमा लायकु क्लबले बनेपामा आयोजना गरेको जिल्ला स्तरीय मेयर कप भलिबल प्रतियोगिताको उपाधि भलिबल प्रेमी काभ्रे टिमले हात पारेको छ । विजयी टिमले नगद ५० हजार हासिल गर्यो । दुई/दुई सेटमा बराबरी भएको अवस्थामा निर्णायक सेटमा भलिबल प्रेमी काभ्रेले बनेपा नगरपालिकाको टिमलाई १६–१४ ले हराउन सफल भयो ।

बनेपा नगरपालिकाको टिम उप विजेता बन्दै नगद २५ हजार प्राप्त गर्यो । खानिखोला गाउँपालिकाको टिम तेस्रो र पनौतीको दलिन्चोक युवा कलब चौथो भए । उनीहरूले क्रमशः १५ हजार र ७ हजार ५ सय रुपैयाँ प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्