लमजुङमा २९ औं त्रिवेणी कप प्रतियोगिता सुरु



खुशीमाया गुरुङ, लमजुङ ।

लमजुङमा त्रिवेणी कपको २९ औं संस्करण सुरु भएको छ । लमजुङमा प्रतियोगिताको अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मछिरीङ शेर्पाले उद्घाटन गर्नुभएको हो ।

प्रतियोगीताको उद्घाटन गदै शेर्पाले जिल्लामा प्रतिभाशाली खेलाडीको पहिचान गराउने थलो नै त्रिवेणी युवा क्लव भएकाले यसलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा चिनाउनुपर्ने बताउनुभयो । सरकारले खेल क्षेत्रलाई प्राथामिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने उहाँको भनाई थियो ।

जिल्लामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगीता सञ्चालन गरिएको क्लवका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । २९ औँ त्रिवेणी कप २०७८ मा त्रिवेणी कपको पहिलो संस्करणमा पहिलो हुने समूहलाई नगद ५ लाख त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने क्लवका उपाध्यक्ष एवं खेल संयोजक इन्द्र रानाले बताउनुभयो ।

यस्तै, दोस्रो हुने समूहलाई रजतपदकसहित नगद ३ लाख प्रदान गरीनेछ । सेमीफाइनल उपबिजेता दुई समूहलाई नगद ५०/५० हजार प्रदान गरिनेछ । यस्तै सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीलाई नगद १५÷१५ हजार, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा काठमाण्डौ, पोखरा, चितवन, तनहुँ लगायत जिल्लाबाट फुटवल टीम सहभागि भएका छन् । प्रतियोगीताको पहिलो दिन सोमबार आयोजक त्रिवेणी युवा क्लव र नेपाली सेना श्रीजङ गण बिच भएको मैत्रपिुर्ण फुटबल प्रतियोगीतमा ० का विरुद्ध ४ गोल गरी आयोजक त्रिवेणी युवा क्लव विजयी भएको छ । राष्ट्रव्यापी फुटवल प्रतियोगितामा देशभरका १८ क्लबले भाग लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्