जेरार्ड दुई खेलमा अनुपस्थित



लन्डन, (एजेन्सी) ।

कोरोना संक्रमणका कारण इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाका मुख्य प्रशिक्षक स्टेभन जेरार्ड आगामी दुई खेलमा अनुपस्थित हुने भएका छन् । कोरोना पोजिटिभ भएसँगै जेरार्ड आइतबार बक्सिङ डेमा घरेलु मैदानमा हुने चेल्सी र लिड्स युनाइटेडविरुद्धको खेलमा अनुपस्थित रहे । क्लबले विज्ञप्ति जारी गर्दै आफ्नो टोलीको मख्य प्रशिक्षक जेरार्डलाई कोरोना संक्रमण पुष्टि भएको र उनले दुई खेल गुमाउने उल्लेख गरेको छ ।

उनी सेल्फ आइसोलेसनमा बसिसकेका छन् । कम्तिमा पनि उनी १० दिन आइसोलेसनमा बस्नुपर्नेछ । जेरार्डको प्रशिक्षणमा भिल्लाले ६ म्याच खेल्दा चार खेलमा जित र दुई खेलमा हार बेहोरेको छ । कोरोनाका कारण बक्सिङ डेका तीन खेल प्रभावित भएका छन् । तर, भिल्लाले घरेलु मैदानमा चेल्सीको आतिथ्यता गरे पनि लिभरपुल र लिड्स, वुल्भ्स र वाट्फोर्ड तथा बर्नले र एभर्टनबीचको खेल स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्