पाकिस्तानले भारतलाई हरायो



नयाँ दिल्ली, (एजेन्सी) ।

पाकिस्तानले भारतलाई यु १९ एशिया कपअन्तर्गत रोमाञ्चक खेलमा २ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले २ सय ३७ को स्कोर बनाएको थियो । टिमका लागि आराध्य यादवले ५० रन बनाएका थिए । पाकिस्तानका बलर जीशान जमीरले ५ विकेट लिएका थिए । २ सय ३८ रनको लक्ष्य पाकिस्तानले ८ विकेटको नोक्सानमा अन्तिम बलमा हासिल गरेको थियो । जितका लागि मुहम्मद शहजादले ८१ रनको शानदार इनिङ खेले । यस्तै अहमद खानले १९ बलमा २९ रन बनाए ।

यु १९ एशिया कपमा यो पाकिस्तानको भारतमाथि ८ वर्षमा पहिलो जित हो । यसअघि सन् २०१३ को यु १९ एशिया कपमा पाकिस्तानले भारतलाई हराएको थियो । यसपटक अन्तिम ओभरमा भारतको जित झण्डै झण्डै पक्का भइसकेको थियो । अन्तिम ओभरमा पाकिस्तानको लागि ८ रनको आवश्यक थियो । भारतको तर्फबाट रविकुमारले बलिङ गरेका थिए । पाकिस्तानका ब्याटसम्यानमा अहमद र जीशान क्रिजमा थिए ।

रविकुमारले पहिलो बलमा जीशानको विकेट लिए । दोस्रो बलमा अहमदले १ रन लिएका थिए । तेस्रो बलमा अली असफदले एक रन जोडे । चौथो बलमा अहमदले २ रन लिएका थिए । पाँचौं बलमा अहमदले फेरि २ रन जोडेपछि पाकिस्तानले अन्तिम बलमा २ रनको आवश्यक भयो । अहमदले अन्तिम बललाई चौकामा परिणत गरेपछि पाकिस्तानले रोमाञ्चक जित हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्