आईओएफटीसीको सहयोग



काठमाडौं, (नेस) ।

अमेरिकाको पोर्टल्यान्डस्थित इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले (आइओएफटीसी) ले शनिबार आप्mनो २१औँ वार्षिकोत्सवको अवसरमा सात प्रदेशका १२ तेक्वान्दो डोजाङलाई खेल समाग्री प्रदान गरेको छ ।

आइओएफटीसी टिम नेपालमार्फत तेक्वान्दो डोजाङहरूलाई खेल सामग्री प्रदान गरिएको हो । आइओएफटीसी टिम नेपालका अध्यक्ष रामचन्द्र व्यञ्जनकारले सो खेल सामग्रीको मूल्य करिब दुई लाख रुपैयाँ रहेको जानकारी दिए । यसैगरी, आइओएफटीसीले म्युजिक हाउस, कीर्तिपुरलाई २५ हजार र भक्तपुरको भोलाछेँस्थिति श्री महाकाली अनाथ असहाय भोजन गृहलाई १५ हजार रुपियाँ प्रदान गरेको छ ।

ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले १२ डोजाङ र म्युजिक हाउसका प्रतिनिधिलाई खेल सामग्री र सहयोग रकम हस्तान्तरण गरिन् ।

प्रतिक्रिया दिनुहोस्