पूर्णमान बज्राचार्य स्मृति टेबलटेनिस हुने



काठमाडौं ।

काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा ११औं पुर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता माघ १ गतेदेखि हुने भएको छ ।

‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा साथ हुन लागेको प्रतियोगितामा जम्मा ३४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष धम्रमान बज्राचार्यले जनाएका छन् । खुला पुरुष/महिला सिंगल्ससहित पुरुष/महिला भेट्रान, पारा, स्कुल, कलेज र खेलकुद पत्रकार स्पर्धा समावेश गरिएको छ ।

खुला पुरुष/महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रो हुने दुईले १०/१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
अखिल नेपाल टेबलटेनिस संघको वार्षिक क्यालेन्डरअनुसार हुन लागेको प्रतियोगितामा करिब ७ सय खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । माघ ८ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइने छ ।

प्रतिक्रिया दिनुहोस्