पालिकास्तरीय फुटबल उपाधि पाल्दमारलाई



हेटौंडा, (नेस) ।

मनहरी गाउँपालिकामा सञ्चालन भएको प्रितकुमार मोक्तान स्मृति पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि पाल्दमार एफसीले जितेको छ ।

बिहीबार भएको फाइनलमा रजैया एफसीलाई १–० गोलले हराउँदै पाल्दमारले उपाधिसहित नगद ५० हजार प्राप्त गरेको हो । उपविजेता रजैयाले २५ हजार रुपियाँ पाएको छ । पाल्दमारका विनोद घलानले ३२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

प्रतियोगितामा पाल्दमारका मिलन लामा उत्कृष्ट खेलाडी घोषित हुँदा उत्कृष्ट डिफेन्डर एफसी पर्ताका प्रितम स्यांबो ‘म्यान अफ दी सिरिज’ रजैयाका प्रताप लामा र उत्कृष्ट गोलरक्षक रजैयाका अजित मोक्तान घोषित भए । प्रतियोगितामा २२ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्