बुटवलमा चौथो व्यापार मेलाको तयारी, ५० करोड बराबरकाे कारोबार हुने  



यमलाल भुसाल, बुटवल । 

यही पुस ८ गते बिहीबारदेखि बुटवलमा  सञ्चालन हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी पूरा भएको छ । उद्योग व्यापार संघ बुटवलको आयोजनामा देवीनगर रङ्गशाला नजिकको खुला चौरमा पुस २० गतेसम्म मेला सञ्चालन हुने मेलाको  बिहीबार दिउसो २ बजे उद्घाटन हुने भएको हो ।

‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधीकरण’ मूल नाराका साथ सञ्चालन हुने मेलाको तयारी पूरा भएको र बिहीबार बिहान बुटवल देवीनगर चौपारीबाट झाँकीसहितको -याली निकालेर दिउसो २ बजेपछि उद्घाटन गरिने आयोजक उद्योग व्यापार संघ बुटवलका अध्यक्ष गोबिन्दराज गैरेले बताउनुभयो । मेलाले देशभरका उद्योगका उत्पादन एक थलोमा उपभोक्तासम्म पु-याउने र व्यापार विविधीकरणमा सहयोग पुट्टयाउनु अध्यक्ष गैरेको भनाई छ ।

मेलामा स्वदेशी तथा विदेशी उद्योग, कृषि र  पर्यटनका  करिब ४ सय ७० स्टल रहने उद्योग व्यापार संघ बुटवलका उद्योग उपाध्यक्ष विष्णु पाण्डेले बताउनुभयो । मेलामा महिला उद्यमी,हस्तकला,कृषि र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो । मेला सम्पन्न गर्न अस्थायी संरचनाहरू निर्माणमा ८० लाखदेखि १ करोडसम्म खर्च हुने र मेलामा रहने मेला अवधिभर  करिब ५० करोड कारोबार हुने संघका महासचिव पदम जिसीले जानकारी दिनुभयो । दुई वर्षसम्म मेला महोत्सव नभएकाले यो मेलामा ५ लाख बढी दर्शक सहभागी हुने अपेक्षा रहेको उहाँले बताउनुभयो ।

मेलामा मेलामा एक लाख पुरस्कार राशिको डान्स आइडल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स र हरेक दिन विभिन्न विधाका राष्ट्रिय कलाकारको प्रस्तुति लगायतका आकर्षण रहने सांस्कृतिक संयोजक यमलाल मरासिनीले बताउनुभयो । दुई वर्षसम्म मेला महोत्सव नउङ्दा शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन र नेपाली कला संस्कृति संरक्षण तथा पर्यटन पवद्र्धनमा  व्यापार मेलाले  टेवा पु-याउने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्