पीएसजीको शानदार जित



पेरिस, (एजेन्सी) ।

फ्रेन्च कप फुटबल प्रतियोगितामा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले अवे मैदानमा एससी फेइगनिजलाई ३–० ले स्तब्ध बनायो । लियोनल मेसीलाई टोलीमै नराखिएको खेलमा पीएसजीलाई जिताउन युवा खेलाडी क्लियन एमबाप्पे नायक बने ।

तर, पीएसजीले हराएको टिम फेइगनिज भने निकै कमजोर टिम हो । यो टिम फ्रान्स लिग फुटबलमा पाँचौं डिभिजनको लिग खेल्ने टिम हो । निकै कमजोर टिमविरुद्ध पीएसजीले भने मेसीबाहेक सबै पहिलो रोजाइका खेलाडी नै उतारेको थियो । जसमा फ्रान्सकै स्टार एमबाप्पेले एक पेनाल्टी गोलका साथ दुई गोल गरे ।

फेइगनिजलाई उसैको घरमा हराउँदा पीएसजीले गरेका तीन गोलमध्ये दुई गोल भने पेनाल्टीमार्फत् भएका थिए । पहिलो गोल खेलको १६औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत् गर्दा दोस्रो गोल ३१औं मिनेटमा माउरो इकार्डीले पनि पेनाल्टीमार्फत् नै गरेका थिए । त्यसपछि ५१औं मिनेटमा एमबाप्पेले अर्को गोल थपेपछि खेल पीएसजीले ३–० ले जित्यो । यो जितसँगै पीएसजी फ्रेन्च कप फुटबलको अर्को चरण प्रवेश गरेको छ । पराजित फेइगनिज भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्