गोल्डेनगेट र अक्सब्रिज सेमिफाइनलमा



काठमाडौं ।

गोल्डेनगेट र आयोजक अक्सब्रिज इन्टरनेसनल कलेज ‘ए’ प्रथम अक्सब्रिज थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको बेचलर्सतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

महालक्ष्मीस्थानस्थित आयोजकको कोर्टमा गोल्डेनगेटले जेभियर इन्टरनेसनल ‘बी’ लाई २१–१२ ले पराजित गर्यो । अक्सब्रिज ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई १७–१५ ले हरायो ।

एक्सेल ग्लोबल सर्भिसेसको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको सोही विधामा सेन्ट जेभियर्स र जेभियर इन्टरनेसनल ‘ए’ पनि सेमिफाइनलमा पुगे । सेन्ट जेभियर्सले कसमसमाथि २०–१७ को जित दर्ता गर्यो ।

त्यस्तै, जेभियर इन्टरनेसनल ‘ए’ ले लुम्बिनीलाई १८–१३ ले पाखा लगायो । सेमिफाइनलमा सेन्ट जेभियर्सको भेट जेभियर इन्टरनेसनल ‘ए’ सँग हुनेछ भने गोल्डेनगेटले अक्सब्रिज ‘ए’ विरुद्ध खेल्ने छ । प्लस टुतर्फ यसअघि नै सेमिफाइनल समीकरण तयार भइसकेको छ । सेमिफाइनल अक्सब्रिज र टाइम्स तथा नवोदित र रुकिजबीच हुने छ । प्रतियोगिता मंगलबार सम्पन्न हुने छ ।

प्रतिक्रिया दिनुहोस्