अक्सब्रिज सेमिफाइनलमा



काठमाडौं ।

आयोजक अक्सब्रिज इन्टरनेसनल कलेज प्रथम अक्सब्रिज थ्री बाई थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको प्लस टुतर्फ आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । महालक्ष्मीस्थानस्थित घरेलु कोर्टमा अक्सब्रिजले बर्नहार्टलाई १९–१० ले पराजित गर्यो । अक्सब्रिजका सिर्जन महतले १० स्कोर गरे ।

प्लस टुमै टाइम्स, नवोदित र टिम रुकिज पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।
टाइम्सले क्याम्प अन द कोर्टलाई १९–१५ ले हरायो ।

टाइम्सका पेम्बा शेर्पाले ८ अंक जोडे । नवोदितले युलेन्सलाई १०–९ तथा रुकिजले ह्वाइटहाउसलाई १६–१४ ले पाखा लगाए । सेमिफाइनलमा अक्सब्रिजले टाइम्स तथा नवोदितले रुकिज विरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्