भलिबल टोलीलाई पोसाक हस्तान्तरण



काठमाडौं ।

बंगलादेशमा आयोजना हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यामिपयनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई एनआईसी एसिया बैंकले आइतबार खेल पोसाक हस्तान्तरण गरेको छ ।

थापाथलीस्थित बैकको केन्द्रीय कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले महिला टिमकी कप्तान अरूणा शाही, पुरुष टिमका कप्तान इम रानामगर र महिला टिमका मुख्य प्रशिक्षक जगदिस भट्टलाई खेल पोसाक हस्तान्तरण गरेका थिए ।

बैंकले महिला तथा पुरुष टिमका खेलाडी,प्रशिक्षक र अफिसियललाई जुता, स्पोर्टस् ब्याग, निक्याप र मोजा उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्