विधान र विशालको जोडीलाई उपाधि



काठमाडौं ।

कास्कीका विधान अधिकारी र विशाल खड्को जोडीले हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७८ को उपाधि उचालेको छ । उक्त जोडीले प्रयागपोखरी ब्याडमिन्टन क्लबका पनिव लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१९, १९–२१ र २२–२० को सेटले हराएको हो । विधान र विकासको जोडीले पविन र सुरोजको जोडीलाई बाह्रबिसे कपमा पनि पराजित गर्दै उपाधि उचालेको थियो ।

विजयी जोडीले ५० हजार, दोस्रो हुने जोडीले २५ हजार नगद प्राप्त गरे । तेस्रो स्थान प्राप्त गरेका बुटवलका विश्वास नेपाल र गणेश रायमाझी तथा एपीएफका पेम्बा शेर्पा र चितवनका राजु थापाको जोडीले जनही नगद १० हजार हासिल गरे ।

हरिसिद्धिस्थित आयोजककै आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको पुरुष यु–१९ तर्फको प्रतिस्पर्धामा सिक्सटिन फिदरका क्षितिज खनालले उपाधि हत्याए । उनले बालकुमारी रिमिक्स क्लबका आयुष्मान नागरीलाई २१–१२, २२–२० ले पराजित गर्दै उपाधि कब्जा गरेका हुन् । क्षितिजले नगद १५ हजार प्राप्त गर्दा आयुष्मानले नगद १० हजार हासिल गरे । यस्तै, तेस्रो भएका सूर्यदर्शन ब्याडमिन्ट क्लबका सन्तोष पनेरू र क्लब सेभेनका डेभिड थापा मगरले समान नगद ५ हजार हासिल गरे ।

यस्तै, महिला यु–१९ तर्फ योङ्गुबहालकी रोज पाण्डेले उपाधि जितिन् । उनले बालकुमारी रिमिक्स क्लबकी प्रार्थना देउवामाथि २१–१८, २१–१४ को सहज जित निकालिन् । पाण्डेले नगद १५ हजार र देउवाले नगद १० हजार प्राप्त गरे । तेस्रो भएका धादिङकी बबिता पुरी र भिन्छेबहालकी कृष्मा बज्राचार्यले नगद ५ हजार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्