नेपाल फाइनल पुग्न बंगलादेशले हार्नुपर्ने



काठमाडौं ।

बंगलादेशमा जारी यू–१९ साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा नेपाललाई फाइनलमा पुग्न अरूको नतिजामा भर पर्नुपर्ने भएको छ । आइतबार भएको जित्नै पर्ने खेलमा नेपाल भारतसँग १–० ले पराजित भएपछि यो कठिन समीकरण बनेको हो । नेपालको यो जारी प्रतियोगितामा पहिलो हारसमेत हो ।

यो नतिजापछि नेपालको चार खेलमा ७ अंक रहेको छ भने भारतले त्यति नै खेलबाट ९ अंक जोडेर फाइनलको यात्रा तय गरेको छ ।

नेपाली टिम फाइनल पुग्न आयोजक टिम बंगलादेशले आज हुने खेल हार्नुपर्छ । बंगलादेशको पनि ७ अंक रहेको छ । तर, बंगलादेशको प्रतियोगितामा कमजोर रहेको टिम श्रीलंकासँग हुने भएकोले हार हुने सम्भावना न्यून रहेको छ । दक्षिण एसियाका ५ टिमको सहभागि भएको उक्त प्रतियोगितामा नेपालले भुटान र श्रीलंकालाई हराएको छ ।

तर, नेपालले बंगलादेशसँग बराबरी खेलेको थियो भने भारत बंगलादेशसँग हारेको थियो ।

प्रतिक्रिया दिनुहोस्