बायर्नको सानदार जित



बर्लिन, (एजेन्सी) ।

जर्मन बुन्डेसलिगा फुटबल प्रतियोगितामा बार्यन म्युनिखले सानदार जित निकालेको छ । शनिबार बिहान भएको लिगको १७औं साताको खेलमा बार्यनले उल्भ्सवर्माथि ४–० को एकपक्षीय जित निकालेको हो । बार्यनलाई आफ्नो घरेलु मैदानमा जिताउन चार जना खेलाडीले एक–एक गोल गरे । खेलको सातौं मिनेटमा बार्यनले थोमस मुलरको गोलबाट अग्रता लिएको थियो । त्यसपछि ५७औं मिनेटमा डायोटले गोल गरेर खेल २–० बनाउँदा त्यसको २ मिनेटमै बार्यनका लागि लिरोए सानेले गोल गरेर बार्यनलाई ठूलो जिततर्फ अघि बढाएका थिए ।

त्यसपछि, खेलको ८७औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले अर्को गोल थपेपछि खेल बार्यनले ४–० ले जित्यो । यस खेलमा गरेको एक गोलसँगै लेवान्डोस्कीले यस वर्ष २०२१ मा गरेको कुल गोल संख्या पनि ६९ पुगेको छ, जुन उनको करिअरको सबैभन्दा ठूलो रेकर्ड हो । यो जितसँगै बार्यनले बुन्डेसलिगामा १७ खेलबाट कुल ४३ अंक जोडेको छ । बार्यनसँग पराजित उल्भ्सवर्गको २० अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्