दीप च्याम्पियन



काठमाडौं ।

नेपाल आर्मीकी दीप साउन प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् ।

भैंसेपाटीस्थित आयोजक नेपाल एपीएम टेबलटेनिस प्रा.लि. को हलमा भएको फाइनलमा दीपले एपीएफका सन्योग कपालीलाई ११–७, १६–१४, ११–५, ६–११, ७–११ र ११–५ को सेटमा पराजित गरे ।

यसअघि, महिला सिंगल्स फाइनलमा नेपाल आर्मीकी रविना महर्जनले आर्मीकै दिया देउलालाई ११–३, ११–४, ११–४ र ११–३ को सोझौ सेटमा हराउँदै शीर्ष स्थान हात पारेकी थिइन् । सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्