सुदूरपश्चिमको महिला क्रिकेट टोली घोषणा



बैतडी ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले आज एक सूचना जारी गर्दै ऋतु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीका अन्य सदस्यहरूमा विन्दु रावल, डली भट्ट, कविता जोशी, दीपा जोरा, विमला भट्ट, कविता कुँवर, रुवी पोदार, लक्ष्मी साउँद, इश्वरी विष्ट, शोभा रोकाया, दिव्या कार्की, संगीता मौनी र सम्झना खड्का रहेका छन् । रेवती धामी, मनीषा चौधरी, भावना जोशी र सपना तामाङ वैकल्पिक खेलाडीका रूपमा छनोट भएका छन् ।

हालै, सम्पन्न प्रादेशिक छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई टिममा समावेश गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेज प्रकाश भट्टले जानकारी दिनुभयो । नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट पुस ३ गतेदेखि धनगढीमा हुँदैछ ।

सुदूरपश्चिम प्रदेश प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ । सुदूरपश्चिमसँगै नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश र प्रदेश न. २ पनि सोही समूहमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्