सूर्योदय र लिम्पिया सेमिफाइनलमा



काठमाडौं ।

सूर्योदय र लिम्पिया नेसनल कलेज प्रथम अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।जोरपाटीको नयाँ बस्तीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा सूर्योदयले विद्या विकासलाई ३७–२३ ले पराजित गर्यो ।

लिम्पियाले बृहस्पतिलाई ४१–१८ ले पन्छायो । लिम्पियाको जितमा संगम तामाङले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ३४ अंक योगदान गरे ।रामेछाप जिल्ला बास्केटबलद्वारा आयोजित प्रतियोगितामा न्यु मिलियम कलेज क्वार्टरफाइनलमा पुग्यो । न्यु मिलिनियमले एकता जेम्सलाई ४८–१५ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्