आफूखुसी औषधिको मूल्यवृद्धि गरिएको छैनः संघ



काठमाडौं (नेस) ।

नेपाल औषधि व्यवसायी संघले आफूखुसी औषधिको मूल्यवृद्धि नभएको स्पष्ट पारेको छ । संघले सोमबार विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यमहरूमा औषधिको मूल्य वृद्धि सम्बन्धी समाचारहरूमा संघको नामसमेत उल्लेख भएकोमा ध्यानाकर्षण भएको जनाएको छ । संघले समाचारमा उल्लेख भएका कतिपय तथ्यहरू प्रति संघ असहमति राख्दै तथ्यपूर्ण समाचार सम्प्रेषणका लागि अनुरोध समेत गरेको छ ।

‘औषधि ऐन, २०३५ मा आवश्यक देखेमा नेपाल सरकारबाट औषधिको मूल्यनिर्धारण गर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार हाल देशमा ९६ प्रकारका औषधिहरूको मूल्यसमेत निर्धारण गरिएको अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले मूल्यनिर्धारण गरेकाबाहेक अन्य औषधिहरूको मूल्य उत्पादक आफैंले निर्धारण गर्ने संसारभरिको प्रचलन अनुसार हाम्रो देशमा पनि आयात गरिने औषधिहरूमा सरकारले तोकेको बाहेक अन्य मा उत्पादक कम्पनीले, उत्पादित देशमा भन्दा एमआरपी बढी नहुने गरी आयात गरिरहेको सम्पूर्णमा अनुरोध छ ।’

संघले विद्यमान कानूनी व्यवस्था र यथार्थता भन्दा टाढा रहेर प्रकाशन/प्रसारण भएका समाचारमा सत्यता नभएको बताउँदै औषधि जस्तो अति संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा गम्भीर अध्ययन, खोज र विश्लेषण गरिदिनु हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्