ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ चालक कारबाहीमा


काठमाडौँ ।

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ६८, तीव्रगतिमा सवारी चलाउने १०३, सिसीटिभी निगरानीबाट पहिचान भएका ४० र ट्राफिक बत्ती उल्लङ्घन गर्ने ३४ जना कारबाहीमा परेका हुन्।

त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने नौ, सवारीसाधनको अवस्था ठीक नभएका आठ, एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने आठ तथा अन्य नियम उल्लङ्घन गर्ने ३७३ जना कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्रा सुनिश्चित गर्न नियमित निगरानी र जाँचलाई निरन्तरता दिइएको बताए। प्रहरीले सवारीचालकलाई ट्राफिक नियम पालना गर्न र लापरवाहीपूर्ण तरिकाले सवारी नचलाउन आग्रह गरेको छ।