संकटासँग पुलिस पराजित



काठमाडौं ।

जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा संकटा क्लबले जित हात पारेको छ । दशरथ रंगशालामा भएको खेलमा संकटाले विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० ले हराएको हो । संकटालाई जित दिलाउन निरज बस्नेतले निर्णायक गोल गरेका हुन् । निरजको यो जारी लिगमा व्यक्तिगत तेस्रो गोल हो । खेलको १८औं मिनेटमा लक्ष्मण रुचालको कर्नरमा डाइभ गर्दै उनले गोलको दिशा दिए । यो जारी लिगको ५० औं गोल समेत हो ।

यो नतिजापछि संकटाको ४ खेलमा ८ अंक भएको छ । संकटाले यसअघि फ्रेन्डस् क्लबलाई हराएको थियो । यस्तै, संकटाले मनाङ र हिमालयन शेर्पासँग बराबरी नतिजा बेहोरेको थियो । उता पुलिसको भने यो पहिलो हार थियो । पुलिसले जारी लिगमा विगतको झंै राम्रो प्रदर्शन गर्न सकेको छैन । पुलिसको ४ खेलबाट ५ अंक मात्रै बनेको छ ।

प्रतिक्रिया दिनुहोस्