कोरोनाले बुटवलको खाना महोत्सव २ वर्षदेखि अवरुद्ध



यमलाल भुसाल, बुटवल  ।  

स्थलको अभाव र कोरोना महामारीको आतङकका कारण विगत दुई वर्षदेखि बुटवलमा सडक खाना महोत्सव हुन सकेको छैन । जसका कारण यस क्षेत्रको पर्यटन व्यवसायमा  फस्टाउनमा बाधा अडचन थपिएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण पाटोको रूपमा लिँदै आएको सडक खाना महोत्सव विगत २ वर्षदेखि सञ्चालन गर्नका लागि कोरोना नै वाधक वनेको  बताएको छ ।

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले सडकमै खाऔं सडकमै रमाऔ भन्ने मूल नाराका साथ विसं २०७५ सालमा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गदै आएको सडक खाना महोत्सव  नियमित रूपमा २ वर्ष सञ्चालन गरेकोमा विसं २०७७ सालदेखि विश्वभर फैलिएको कोभिड १९ का कारण सञ्चालन गर्न प्रतिबन्ध भएकोमा यस वर्ष पनि सञ्चालन नहुने भएको छ । सडक खाना महोत्सव आयोजना गर्ने स्थल बुटवलको कालिका पथ सडक स्तरोउन्तीको क्रममा रहेकाले महोत्सव आयोजना गर्ने स्थान अभावले समस्या पारेको संघका अध्यक्ष राम प्रसाद गौतमले बताउनु भयो ।

कोरोनाको कहर संगै स्थान अभावले गर्दा यस क्षेत्रको पर्यटन  प्रवर्धनमा बाधा पुराएको भन्दै सडक निमार्ण सम्पन्न हुँदासाथ नेपाली नयाँ वर्षमा भए पनि खाना महोत्सव आयोजना गरिने अध्यक्ष गौतमले बताउनु भयो ।आन्तरिक पर्यटन प्रवर्द्धनको गतिलो माध्यमका रूपमा लिइएको सडक खाना मर्होत्सवलाई निरन्तरता दिन र प्राथमिकतामा राख्नका लागि स्थानीय तह र प्रदेश सरकारले वार्षिक रूपमा बजेटको व्यवस्था गर्न पनि अध्यक्षले माग गर्नु भएको छ ।

शुरुको दुई वर्ष निकै उत्साहाका साथ मनाईएको सडक खाना मर्होत्सवमा दर्शक तथा सहभागीहरूको  निक्कै नै माया पाएको भए पनि कोरोनाको कहरले थला परेको पर्यटन व्यवसायलाई चलायमान बनाउनका लागी सञ्चालन गर्ने सोचमा अगाडी बढेको संघलाई यस वर्ष पहिला गदै आएको स्थलको सडक निर्माणको चरणमा रहेकाले समस्या भएको कारण आयोजनामा कठिन्यायी भएको संघका प्रथम उपाध्यक्ष लेखनाथ भण्डारीले औँल्याउनु भयो ।

बुटवलको खाना महोत्सव यस क्षेत्रकै पर्यटन प्रवर्द्धनको लागि महत्त्वपूर्ण पाटोको रूपमा  लिइएको भएता पनि विश्वभरी महामारीका रूपमा आएको कोरोनाको कहर नै व्यवसायीको व्यवसाय फस्टाउन नदिनका लागि कारक वनेको छ । विसं २०७६ सालमा आयोजना गरिएको दोस्रो खाना महोत्सवको लुम्बिनी प्रदेशका  निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्