काठमाडौंको जेभियर इन्टरनेसनल कलेजलाई पुरस्कार


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको जेभियर इन्टरनेसनल कलेज दक्षिण एसियाली स्तरका दुई पुरस्कारबाट सम्मानित भएको छ । कालोपूलमा रहेको जेभियरले लामो समयदेखि शैक्षिक क्षेत्रमा योगदानका साथै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेको छ   ।

श्रीलंकाको कोलम्बोमा भएको दक्षिण एसियाली पाटर्नसिप समिट एंव विजनेस एक्सिलेन्स अवार्ड समारोहमा जेभियर इन्टरनेशनल कलेजले २ विधामा साउथ एसियन बिजनेस एक्सिलेन्स अवार्ड–२०२१ जितेको हो ।

कलेजका सिइओ लोकबहादुर भण्डारीका अनुसार जेभियरले सर्वश्रेष्ठ ई-लर्निङ अभ्यास पुरस्कार र महामारीको समयमा ऋक्च् परिचालनका लागि उत्कृष्टता अवार्ड प्रदान गरेको हो।डिसेम्बर १० मा श्रीलंकाको ताज समुद्र होटलमा आयोजित कार्यक्रममा श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले सो पुरस्कार प्रदान गरेका हुन् ।

अवार्ड लिन सिइओ लोक बहादुर भण्डारी र भाईस प्रिन्सिपल दिपेन दाहाल श्रीलंका पुगेका थिए ।कलेजले यसअघि यही वर्षको मार्च महिनामा पनि वर्ल्ड लिडर समिट अवार्ड जितेको थियो । त्यसबाहेक पनि लामो समयदेखि उसले उत्कृष्टताका अवार्डहरू पाउँदै आएको छ ।